महिलालाई सडकमा गोप्य अंग देखाउने शिक्षा अधिकृत पक्राउ

सार्वजनिक स्थलमा महिलालाई गोप्य अंग देखाउने शिक्षा अधिकृत पक्राउ परेका छन् । ललितपुर महालक्ष्मी नगरपािलका -२ इमाडोलस्थित सार्वजनिक स्थलमा महिलालाई आफ्नो गोप्य अंग प्रदर्शन गर्ने बैतडी पाटन नगरपालिका ७ घर भई हाल ललितपुर महालक्ष्मी– २ बस्ने ५५ वर्षका सुरेन्द्र भट्टलाई प्रहरीले पक्राउ गरेको हो ।

पीडित महिलाले उक्त व्यक्तिको भिडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेपछि प्रहरी वृत्त सातदोबाटो, ललितपुरको टोलीले पक्राउ गरेको हो ।

प्रारम्भिक अनुसन्धानको क्रममा भट्ट सिंहदरबारमा शिक्षा अधिकृतका रूपमा कार्यरत रहेको बुझिएको छ । पक्राउ परेका भट्टलाई प्रहरी वृत्तको सातदोबाटोको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ