त्रिपुरेश्वरस्थित राहदानी विभागको कार्यालय अगाडि एक पुरुषले आत्मदाहको प्रयास गरेका छन् ।आफ्नो शरीरमा पेट्रोलियम पदार्थ खन्याएर आगो लगाउँदै
आत्मदाहको प्रयास भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले बताए । घाइतेको उद्धार गरी अहिले उपचारका लागि वीर अस्पताल लगिएको
छ । उनको परिचय खुलेको छैन भने आत्मदाह प्रयास गर्नुको कारण पनि खुलेको छैन ।


















