नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले चर्का भाषण र सस्तो लोकप्रियताको भरमा देश बदल्ने दाबी गर्नेबाट मुलुकको रूपान्तरण सम्भव नभएको दाबी गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पोखरेलले स्पष्ट वैचारिक जग, सुस्पष्ट योजनासहितको गन्तव्य र निरन्तर समर्पणबाट मात्रै देश बदल्न सकिने उल्लेख गरेका हुन् ।
मुलुकको विकृति, विसङ्गति र बेथिति हटाउने जिम्मा आफैँभित्रका विकृति र आचरणगत कमजोरी सुधार्न नसकेको नेतृत्वलाई सुम्पनु नै नेपाली समाजको सबैभन्दा ठूलो भूल भएको उनको टिप्पणी छ । उनले चर्का भाषण गर्नेहरूको कार्यशैली पूर्णतः विरोधाभासपूर्ण देखिएकाले उनीहरूबाट देश रूपान्तरण सम्भव छैन भन्ने कटु यथार्थ आज छर्लङ्ग भइसकेको दाबी गरे ।


















