काठमाडौं। राहदानी विभागले नेपालको इतिहासकै सबैभन्दा ठूलो डाटा माइग्रेसन सफलतापूर्वक सम्पन्न गरी नयाँ राहदानी उत्पादन तथा व्यवस्थापन प्रणाली सञ्चालनमा ल्याएको जनाएको छ। विभागले आइतबार सूचना जारी गर्दै असार २९ गतेदेखि नयाँ प्रणालीमार्फत राहदानी सेवा सञ्चालनमा आएको जानकारी दिएको हो।
काठमाडौँको त्रिपुरेश्वरस्थित विभागको कार्यालयमै पासपोर्ट छापेर सेवा प्रवाह थालिएको विभागले जनाएको छ । ‘नयाँ राहदानी लिन वा म्याद सकिएको वा अन्य कारणले राहदानी नवीकरण गर्नुपरेमा आफ्नो स्थायी बसोबास रहेको इलामा वा जिल्ला प्रशासन कार्यालय वा राहदानी विभाग वा विदेशस्थित नेपाली नियोगहरूबाट पूर्ववत रूपमा राहदानी सेवा लिन सक्नुहुने बेहोरा अनुरोध छ’, विभागले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
साथै, नयाँ प्रणालीको स्थिरीकरणको अवधि तीन महिनासम्म रहने भएकाले केही समय अपेक्षित सामान्य प्राविधिक समस्या आउन सक्ने भए पनि राहदानी सेवा सहज, नियमित र सुचारु रहने अपेक्षा गरेको विभागको भनाइ छ ।



















