मिटरब्याज पीडित र सरकारीबिच आजै सम्झौता पत्रमा हस्ताक्षर गर्ने तयारी

आन्दोलनरत मिटरब्याज पीडित पक्ष र सरकारी वार्ता टोलीबिच आजै सम्झौता पत्रमा हस्ताक्षर गर्ने तयारी भएको छ। सिमरामा सरकारी टोली र पीडित प्रतिनिधिबिच भएको मौखिक सहमतिलाई लिखित सम्झौताको रूप दिँदै औपचारिकता प्रदान गर्ने तयारी भएको हो।

यसका लागि प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय (सिंहदरबार) मा सरकारी वार्ता टोली र मिटरब्याजी पीडित पक्षका प्रतिनिधिहरूबिच अन्तिम चरणको निर्णायक वार्ता जारी छ ।