लुटपाटका क्रममा घाइते युगाण्डाका चर्चित फुटबलरको निधन

आक्रमणकारीको लुटपाटमा घाइते भएका युगाण्डाको चर्चित फुटबल खेलाडी डेभिड ओवोरीको निधन भएको छ । राजधानी कम्पालामा लुटेरासँग प्रतिवाद गर्ने गर्ने क्रममा गम्भीर घाइते भएका ओवोरीको निधन भएको हो ।

सामान लुट्ने क्रममा प्रतिवाद गर्दा लुटेराहरूले उनीमाथि ढुंगा प्रहार गरेका थिए । लुटेराको प्रतिवाद गर्ने क्रममा घाइते भएका उनलाई अचेत अवस्थामा अस्पताल पुर्‍याएको थियो ।

उनको उपचारका क्रममा निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । घाइते भएपछि स्थानीयले उद्धार गरी ओवोरीलाई सुरुमा प्राथमिक उपचार केन्द्रमा पुर्‍याएका थिए । अवस्था जटिल बनेपछि कम्पालाको अस्पताल पुर्‍याइएको थियो ।​​​​​​