कवि दुर्गालाल श्रेष्ठको निधन

नेपाली र नेवा: भाषाका वरिष्ठ कवि दुर्गालाल श्रेष्ठ ९ख्वबिलु०को ९१ वर्षको उमेरमा निधन भएको छ । उनको आइतरबार राति आफ्नै निवास बूढानीकण्ठमा निधन भएको परिवारजनले बताएको छ ।

शव श्रद्धाञ्जलिका लागि आज नेपाल भाषा मंका: खल: मा राखिने र भोलि शोभाभवगतीमा परम्पराअनुसार दाहसंस्कार गरिन भएको छ । उनका श्रीमती, एक छोरी र दुई छोरा छन्। विसं १९९२ साउनमा जन्मिएका उनले लामो समय क्षेत्रपाटीस्थित कन्यामन्दिर विद्यालयमा अध्यापन गरेको थियो ।

कवि श्रेष्ठको पहिलो रचना सान्त्वना कविता धर्मोदय पत्रिकामा प्रकाशित भएको थियो । उहाँले २०६० सालमा नेपाल भाषा परिषद्द्वारा ‘जनकवि’को उपाधि हासिल गर्नुभएको थियो । साहित्यकार श्रेष्ठ २०६१ सालमा नेपाल राष्ट्रिय प्रज्ञा प्रतिष्ठानको प्रज्ञा–सभासद् थिए।