ग्यास आपूर्तिमा कुनै समस्या छैन, सबै सिलिन्डर एकैपटक भर्न खोज्दा भीड बढेको हो: पराजुली

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश पराजुलीले देशभर ग्यासको आपूर्तिमा कुनै समस्या नरहेको बताएका छन् । उनले देशभरका उद्योगहरूमा पर्याप्त ग्यास उपलब्ध रहेको दाबी गरेका हुन् । उपभोक्तालाई नआत्तिन उनले आग्रह गरे । उनले सामाजिक संजालमा लेखेका छन्, ‘ग्यासको आपूर्तिमा कुनै समस्या छैन। देशभरका उद्योगहरूमा पर्याप्त ग्यास उपलब्ध छ, ।’

उनले ग्यास अभाव हुने डरले घरमा भएका सबै सिलिन्डर एकैपटक भर्न खोज्दा अनावश्यक भीड र लामो लाइन बढिरहेको बताए । उनले धेरै सिलिन्डर भएका उपभोक्तालाई धैर्य गर्न आग्रह गरे ।