नागढुंगा–सिस्नेखोला सुरुङमार्ग आजदेखि सर्वसाधारणका लागि आंशिक रूपमा खुला गरिएको छ। यसअघि आपतकालीन सेवाका सवारीसाधनलाई मात्र प्रवेश दिई परीक्षण सञ्चालन हुँदै आएको सुरुङमार्ग अब चारपाङ्ग्रे साना सवारीसाधनका लागि खुला गरिएको हो।
हाल सुरुङमार्गबाट निजी कार, जीप र भ्यानले यात्रा गर्न पाउनेछन्। सुरुङमार्ग बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म एकतर्फी रूपमा सञ्चालन हुनेछ।
तर, दुईपाङ्ग्रे सवारीसाधन तथा अति प्रज्वलनशील पदार्थ बोकेका सवारीसाधनलाई सुरुङभित्र प्रवेश गर्न दिइने छैन।
सुरुङमार्गको सञ्चालन र सुरक्षा परीक्षण पूरा भएपछि अन्य ठूला सवारीसाधनलाई समेत प्रवेश दिने तयारी गरिएको छ।


















