साताको कारोबारको दोस्रो दिन आज (सोमबार) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा २४ सय रुपैयाँले घटेको हो । जस अनुसार आज छापावाला सुन नेपाली बजारमा प्रतितोला ३ लाख ६ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यता आज चाँदीको मूल्य भने स्थिर रहेको छ। आइतबार प्रतितोला ४ हजार ७८० रुपैयाँमा कारोबार भइरहेको सुन आज पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


















