२० भदौ, काठमाडौं । भदौ १० गतेको रसुवा बाढीमा परेर ज्यान गुमाउनेको संख्या १३४४ पुगेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो विवरणअनुसार सम्पर्कविहीन हुनेको संख्या ५ हजार छ।
शनिबार मध्याह्न १२ बजेसम्मको अपडेटअनुसार रसुवामा १६०, नुवाकोटमा १९२, धादिङमा ६७, गोरखामा ७३, तनहुँमा ३८, नवलपरासी पूर्वमा २२२, नवलपरासी पश्चिममा २३०, चितवनमा ३६०, काठमाडौंमा उपचारको क्रममा २ जनाको मृत्यु भएको छ।
अहिलेसम्म ९६ वटा मात्रै शव सनाखत भई आफन्तले बुझेका छन्।
भेटिएकामध्ये २६९ वटा महिलाको, 489 पुरुषको, ५२ बालिकाको, ३३ बालकको शव छ। त्यस्तै आंशिक अवशेष ५०१ वटा भेटिएको छ।



















