मेरै सरकारको पालामा महँगीले अग्रगामी छलाङ लगायो : रमेश प्रसाईं

रास्वपाका सांसद रमेश प्रसाईंले आफ्नै सरकारको पालामा महँगीले अग्रगामी छलाङ मारेको टिप्पणी गरेका छन् ।बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले विपत्‌ले देश छटपटाइरहेको बेलामा बजार उद्दण्ड भएको बताए ।

‘एकातिर देश विपत्‌ले छटपटाइरहेको बेला अर्कोतिर बजार उद्दण्ड भयो र मेरै सरकारको पालामा महँगीले अग्रगामी छलाङ लगायो । प्याज, चिनी, चामल, तेल हरेक चिजको भाउ बढ्यो । चिल्ला गाडी चढ्नेहरूलाई फरक परेन, तर हामीजस्ताको ढाड सेकियो त,’ सांसद प्रसाईंले भने ।