नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट बागमती प्रदेशका पूर्व मुख्यमन्त्री बहादुरसिंह लामा आदिवासी जनजातितर्फ सहमहामन्त्री मा विजय भएका छन्। लामाले ३ हजार २४५ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी ओमबहादुर घर्ती मगरले १ हजार ४४६, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत पाएका छन्। आदिवासी जनजातिकै महिला केन्द्रीय सदस्यतर्फ ३४ उम्मेदवार रहेकोमा ८ जना निर्वाचित भएका छन् भने खुल्लातर्फ १२ पदका लागि ४१ जना उम्मेदवार रहेका थिए।
जनजाति महिलातर्फ गीता गुरुङ २ हजार ८५९, डा गंगालक्ष्मी अवाल २ हजार ७६८, रेणुका काउचा मगर २ हजार ३९२, सपनाराज भण्डारी जोशी २ हजार ३५१, सिताकुमारी राना मगर २ हजार १३२, प्रमिला राई २ हजार २०, लिलादेवी बोखिम लिम्बु १ हजार ६८१, पुनम लामा १ हजार ६३६ मत प्राप्त गरेका छन्।
त्यसैगरी, जनजाति पुरुष केन्द्रीय सदस्यतर्फ तीर्थ लामा ४ हजार ४२५, ई. अनुप श्रेष्ठ २ हजार ५५१, डा. प्रेमध्वज लामा २ हजार ५०५, कर्मा छेरिङ शेर्पा २ हजार ४०६, टेकप्रसाद गुरुङ २ हजार ९०, भीम श्रीस मगर २ हजार ४६, रामकृष्ण चित्रकार १ हजार ९८२, बुद्ध लामा १ हजार ९५६, गेल्जे लामा शेर्पा १ हजार ८१९, वंशलाल तामाङ १ हजार ७५६, अमृत गुरुङ १ हजार ६८९ र सुशील गुरुङ १ हजार ६४४ मत प्राप्त गरी निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ।




















