सरकार स्वेच्छाचारी भयो :प्रदीप पौडेल

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सरकार स्वेच्छाचारी भएको बताएका छन् । कांग्रेस संसदीय दलको बैठकमा उनले सरकारले संविधान र कानुनको बेवास्ता गरेको बताए । कानुनी व्यवस्थालाई कमजोर बनाएर सरकारले सत्ताको दुरुपयोग गरेको उनको भनाइ थियो ।

‘सरकार स्वेच्छाचारी भयो । संविधान र कानुनको बेवास्ता गरियो,’ उनले भने, ‘कानुनी व्यवस्थालाई कमजोर बनायो र सत्ताको दुरुपयोग गर्‍यो ।’