नेपाली कांग्रेसले बुधबार पार्टीका पदाधिकारीहरूको बैठक बोलाएको छ । सरकारले नेपाल प्रहरीका महानिरीक्षक(आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाएकोसहित पछिल्लो समय देखापरेका समसामयिक घटनाक्रमबारे पार्टीको धारणा बनाउन पार्टीका शीर्ष नेताहरूको बैठक बोलाइएको महामन्त्री प्रदीप पौडेलले जानकारी दिए ।
बैठक पार्टी केन्द्रीय कार्यालयमा बस्ने महामन्त्री पौडेलले बताए । ‘पछिल्लो समसामयिक घटनाका विषयमा छलफल गर्न शीर्ष तहका पदाधिकारीहरूको बैठक बोलाइएको छ,’ महामन्त्री पौडेलले रातोपाटीसँग भने, ‘बैठकमा सभापति, वरिष्ठ उपसभापति, उपसभापतिहरू, महामन्त्रीहरू र प्रतिनिधि सभामा विपक्षी दलका नेतासहित सहभागी हुनेछन् ।’


















