प्रधानमन्त्री बालेन र भारतीय विदेश सचिव मिश्रीबीच भेटवार्ता

प्रधानमन्त्री बालेन्द्र शाह र नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिश्रीबीच बिहीवार सिंहदरबारमा शिष्टाचार भेटवार्ता भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा नेपाल-भारत सम्बन्धलाई थप सुदृढ बनाउने, व्यापार, कनेक्टिभिटी, सांस्कृतिक सम्बन्ध तथा आपसी हितका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

दुईदिने भ्रमणमा रहेका मिश्रीले भारत सरकारका तर्फबाट नेपालको विकास र समृद्धिमा निरन्तर सहकार्य गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।