रिट लिएर सर्वोच्च पुगे निवर्तमान आईजीपी कार्की

आफूलाई पदबाट हटाइएको भन्दै निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्की सर्वोच्च अदालतमा रिट लिएर पुगेका छन् । उनको रिट लिएर केहीबेर अघि सर्वोच्च अदालतमा वकिलहरू पुगेका हुन् ।

सरकारले हिजोमात्रै उनलाई आईजीपीबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार नियुक्त गरेको थियो । आफूमाथि अन्याय भएको भन्दै कार्की सर्वोच्च पुगेका हुन् । प्रशासनिक प्रक्रिया पूरा भएपछिमात्रै उनले लिएर गएको रिट दर्ता हुने वा नहुने भन्नेबारे टुंगो हुन्छ ।