नेपाल साम्बो महासंघद्वारा खेलाडीहरूलाई उज्बेकिस्तान बिदाइ

नेपाल साम्बो महासंघले विश्व साम्बो च्याम्पियनसिपमा सहभागी हुन उज्बेकिस्तान जाने नेपाली खेलाडीहरूलाई बिदाइ गरेको छ।

महासंघका महासचिव कृष्णबहादुर राउत, उपाध्यक्ष उत्तम श्रेष्ठ तथा केन्द्रीय सदस्य रञ्जन बिडारीलगायतको उपस्थितिमा खेलाडीहरूलाई बिदाइ गरिएको हो।

प्रतियोगितामा नेपालका तर्फबाट नुवाकोटका आशिष तामाङ र सर्लाहीका श्रीजेस श्रेष्ठले सहभागिता जनाउनेछन्।

नेपाली खेलाडीहरूले अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा गरिएको छ।