आफूलाई गैरकानुनी रूपमा प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएको दाबीसहित दानबहादुर कार्कीले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदन दर्ता भएको छ।
कार्कीले बिहीबार वकिलमार्फत सर्वोच्चमा रिट पेस गरेका थिए। सर्वोच्च अदालत प्रशासनका अनुसार उक्त रिट शुक्रबार दर्ता भएको हो। सरकारले कार्कीलाई आईजीपीबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारको जिम्मेवारी दिएको छ। तर, कार्कीले मन्त्रिपरिषद्को निर्णयसम्बन्धी पत्र भने बुझेका छैनन्।


















