नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले सत्तारुढ दल रास्वपाभित्र पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)बीच संघर्ष चलिरहेको बताएका छन् ।
दैलेखमा आयोजित नेकपाको राष्ट्रिय जागरण तथा प्रशिक्षणलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
‘अहिले देखिराख्नुभएको छ । खासमा रास्वपामा संघर्ष छ, प्रधानमन्त्री र सभापति बीचमा’ उनले भने ।रास्वपाभित्रको संघर्ष बाहिर समेत देखिनेगरी घटनाहरू भइराखेको उनले बताए ।


















