बालेनको भारत भ्रमण देखावटी र प्रतिबद्धतामै सीमितः एसडी मुनी

भारतीय प्राध्यापक एसडी मुनीले प्रधानमन्त्री बालेन्द्र (बालेन)शाहको भारत भ्रमणमा ठोस उपलब्धि हासिल हुन नसकेको टिप्पणी गरेका छन् । मंगलबार एक्समा पोस्ट गर्दै मुनीले बालेनको भ्रमणमा देखावटी पक्ष र प्रतिबद्धता मात्रै राम्रो देखिएको बताएका हुन् ।

भ्रमणका क्रममा कुनै ठोस उपलब्धि र दुवै देशलाई स्वीकार्य परिणाम आउन नसकेको समेत उनको जिकिर छ । उनले भ्रमणका क्रममा जारी भएको भिजन डकुमेन्टलाई भारतको कूटनीतिक औजारको संज्ञा दिँदै त्यसको कार्यान्वयन नेपाल–भारतबिचको राजनीतिक वातावरणमा निर्भर रहने उल्लेख गरेका छन् ।