कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले हिमाली क्षेत्रका जङ्गली जडीबुटी, सुगन्धित वनस्पति र च्याउको संरक्षण तथा व्यवस्थित व्यापारका लागि क्षेत्रीय सहकार्यमा जोड दिएकी छन्।
मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले जलवायु परिवर्तन, जैविक विविधताको ह्रास र अव्यवस्थित व्यापारले हिमाली प्राकृतिक सम्पदामा जोखिम बढाएको बताइन्। यस्ता सम्पदाको दिगो उपयोगबाट स्थानीय समुदायको जीविकोपार्जन र आर्थिक समृद्धि बढाउन छिमेकी मुलुक तथा अन्तर्राष्ट्रिय साझेदारबीच सहकार्य आवश्यक रहेको उनको भनाइ छ।


















