परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको चीन भ्रमणको मिति तोक्न बाँकी रहेको बताएका छन् । आइतबार काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ६ का मतदातासँगको भेटघाटका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै परराष्ट्रमन्त्री खनालले भारत भ्रमणपछि चीन भ्रमण गर्नु स्वाभाविक रहेको र उच्चस्तरीय भ्रमणका लागि परराष्ट्र मन्त्रालयले निरन्तर तयारी गरिरहेको भन्दै आजको दिनसम्म तिथि मिति तोकिनसकेको बताएका हुन् ।
‘छिमेकी मुलुक भारतको भ्रमण सकिएपछि उत्तरी छिमेकी चीनको पनि भ्रमण हुन्छ भन्ने आधारमा समाचार आएका होलान्’, मन्त्री खनालले भने, ‘तर अहिलेसम्म प्रधानमन्त्रीको चीन भ्रमण कहिले हुने भन्ने कुराको टुङ्गो लागिसकेको छैन ।’


















