के प्रचण्ड अनबिज्ञ थिए महरा सहितका विश्वासपात्रहरुका धन्दा बारे ?

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा सुन तस्करी गरेको आरोपमा अनुसन्धानका लागि पक्राउ परे संगै सत्तामा गए पछि माओबादी बष्ठि नेताहरुको धन्दा के रहेछ भन्ने प्रष्ट भएको छ । प्रचण्डका बिश्वास पात्र महरा माओबादीमा सबै भन्दा बढी अवसर पाउने नेताका रुपमा चिनिन्छन । उनले युद्द कै समयमा पनि वार्ता टोलिमा रहेर सरकारी पक्ष संग वार्ता गर्ने जिम्मा पाएका थिए भने युद्द सुरु गर्नु पहिला पनि सांसद थिए । तर उनीनै माओबादीमा बदनाम पात्रको रुपमा देखिएका छन । यस अघि यौन काण्डमा पनि उनी सभामुख भएकै समयमा पक्राउ परेका थिए । पछि मुद्दा जितेर पनु पार्टी जिम्मेवारीमा फर्किएका थिए । यो पटक पनि महरा पहिलानै पक्राउ पर्नु पर्ने थियो तर पुर्व गृहमन्त्र िनारायणकाजी श्रेष्ठले उनलाई बचाएका थिए । यहि काण्डमा गत भदौ १३ गते ९ किलो सुन प्रकरणमा महराका छोरा राहुल बुटवलबाट पक्राउ परेका थिए । बाबु छोराको नै संलग्नता देखिएको उक्त प्रकरणमा छोरालाई मात्रै नियन्त्रणमा लिएर सीआईबीले छानबिन गरेको थियो । महरा पनि त्यसै दिन पक्राउ पर्नु पर्ने थियो । तर सोही दिन प्रहरी अनुसन्धान केन्द्रीय कार्यालयमा नारायणकाजी श्रेष्ठ आफै गएर कृष्णबहादुर महरालाई पक्राउ नगरी बयान लिएर छाडिदिन भनेको बुझिएको छ । करिब ६१ किलो सुन तस्करीका मुख्य अभियुक्त दावा छिरिङसँग शंकास्पद सम्बन्ध देखिएका अधिकारी थरका कर्मचारीलाई पनि कार्वाही नगरी अध्यागमन विभागबाट मन्त्रालय तानिएको थियो ।नारयणकाजी निकट भएकोले झलकरामलाई सामान्य बयान मात्रै लिएर छाडिदियो सिआइबिमा चर्चाछ । तत्कालीन सीआईबी प्रमुख किरण बज्राचार्यले महरा बाबुछोरालाई पक्राउ गर्न खोज्दा पनि रोकेको बुझिएको छ । अहिले भने उनी पक्राउ परेकाछन र उनको स्वास्थ्य अवस्थाका कारण हिरासतको अवधिभर अस्पतालमा बस्न पाउने गरी काठमाडौँ जिल्ला अदालतले आदेश दिएपछि उनलाई थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गर्एिको छ ।सीआईबीले महरालाई हिरासतमा राख्न अनुमति माग गर्दै अदालतमा पेस गरेको थियो । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश दुर्गाप्रसाद खनालको इजलासमा सुनुवाइ भएपछि महरालाई ४ दिन थुनामा राख्न म्याद दिएको हो ।सीआईबीले गरेको पहिलो चरणकै अनुसन्धानमा बाबु कृष्णबहादुर महरा र छोरा राहुलको कनेक्सन चिनियाँ सुन तस्कर दाओजिन वाङसँग देखिएको थियो । दोस्रो चरणको मुद्दा बुझाउनुअघि सीआईबीले कृष्णबहादुर महराको बयान कागज लिएको थियो । जसमा महराले दाओजिन वाङलाईे फलफूल व्यवसायीका रूपमा चिनेको बयान दिएका थिए । आफूले लामो समयदेखि चिनजान भएकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा सम्पर्क गरी भेपबारे बुझेको बताएका थिए ।
माओबादीमा महरा मात्र होईन पुर्ब उपराष्ट्रपति नन्दकिसोर पुनका दुबै छोरा पनि यस्तै अपराधिक आरोपमा थुनामा छन । एक जना सुनकाण्ड र एकजना सहकारी ठगि प्रकरणममा , तत्कालिन माओबादी नेता बादलका छोरा पनि भुटानी शरणार्थी प्रकरणमा मुछिएका छन । टोप बहादरु रायमाझिका बाबुछोरानै थुनामका छन । रक्त चन्दन तस्करीमा पनि केहीको नाम आएकै हो । यी सबैनेता र संरक्षक भने प्रचण्डनै हुन उनले नै हो महरालाई पटक पटक अवसर दिएको र नन्द किसोरलाई दोहोराएर उपराष्ट्र«पति बनाएका हुन ।
अब प्रश्न उठ्छ प्रचण्ड महरा र नन्दकिसोर पुनका धन्दाबारे अनबिज्ञ थिए त ? उनले भन्न सक्छन अनबिज्ञ थिए । तर प्रचण्ड जस्ता चलाक त्यस माथि देशको प्रम जस्ता ब्यक्ति अनबिज्ञ हुने कुरा पत्याउन सकिदैन । बरु उनतीहरुले कमाएको केही हिस्सा प्रचण्ड र पार्टीकै निम्ती खचर््िाएका हुन सक्छन त्यसैलै नारयणकाजी र प्रचण्ड बचाउन लागेका हुन सक्कछन ।