मोरङको बेलबारीमा श्रीमतीको हत्या गरेपछि श्रीमानले पनि गरे आत्महत्या ।

विराटनगर । मोरङको बेलबारी वडा नं १ का बम बहादुर लिम्बुलले श्रीमतीको हत्या गरेपछि आफुले पनि आत्महत्या गरेका छन् । ५० वर्षीय लिम्बुलले ४५ बर्सिया श्रीमती गीता लिम्बुको गए राती घरायसी विवादका कारण धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । श्रीमतीको हत्या पछि बम बहादुरले पनि घाँटीमा धारिलो हतियारले रेटेको पाईएको छ ।उपचारका क्रकममा बम बहादुरको पनि मृत्यु भएको छ । घटनास्थलमा अहिले इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको टोलीले अनुसन्धान गर्दै छ ।