एमाले सुर्खेतको अध्यक्षमा देवकोटा निर्वाचित

नेकपा(एमाले) सुर्खेतको अध्यक्ष पदमा कुलमणि देवकोटा निर्वाचित भएका छन् । नयाँ नेतृत्वका लागि आइतबार भएको निर्वाचनमा देवकोटा निकटतम प्रतिद्वन्द्वी अमृतकुमार विसीलाई पराजित गर्दै अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।

यस्तै, उपाध्यक्षमा मोहन बडुवाल, सचिवमा डम्बर तिवारी र उप–सचिव(खुला)मा टिकाराम सोमै निर्वाचित भएको नेकपा (एमाले) सुर्खेतले जनाएको छ । यसैगरी महिला (सचिव)मा सुशीला विश्वकर्मा निर्वाचित भएका छन् । सदस्य पदको मतगणना जारी रहेको निर्वाचन समितिले जनाएको छ ।