नागरिकको सुरक्षामा कुनै कमि हुन नदिने गृहमन्त्री रवि लामिछानेलको दाबि
काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नागरिकको सुरक्षामा कुनै कमि हुन नदिने बताएका छन् । उनले जनताका सबै किसिमका गुनासाहरू समाधान गर्ने पनि जनाए । आज नयाँ वर्ष २०८१ को अवसरमा काठमाडौँको थापाथलीस्थित सडकमा नेपाल प्रहरी, ट्राफिक प्रहरी र सर्वसाधारणसँग नयाँ वर्षको अवसरमा खुसीयाली साटासाट गर्दै उनले उक्त कुरा बताएका हुन । कर्मचारीहरूमाथि दबाब वा राजनीतिक आग्रह, पूर्वाग्रह बिना नै काम गर्ने वातावरण बनाइने पनि उनले बताए । उनले नयाँ वर्षबाट २४ सै घण्टा दरबार मार्ग र ठमेल क्षेत्र सञ्चालन गर्न लागिएको पनि बताए ।

















