संघीय मन्त्री जोशी र चिनियाँ राजदूतबीच भेटवार्ता

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशी र नेपालका लागि चिनियाँ राजदूत चेन सोङले भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित संघीय मन्त्रालयमा भएको भेटघाटमा दुई देशबीच मित्रवत सम्बन्धको बारेमा चर्चा र दुई पक्षीय सहयोगको बारेमा कुराकानी भएको बताइएको छ ।

मन्त्रालय स्रोतका अनुसार सो क्रममा दुई देशको कर्मचारीलाई विशेष तालिम तथा सहयोग अदान-प्रदानमा सहयोगमा पनि सहकार्य गरिने कुराकानी भएको छ ।