शास्त्र के हो ?
नेपाल देवभूमिहो, नेपालीहरु अध्यात्मप्रेमी छन् । हामीले अध्यात्म सागरमा पौडी खेल्दै जीवनलाई आपैmँ उद्धार गर्न सक्नु पर्दछ । यहाँ केही जीवनोपयोगी सूत्रहरुको चर्चा गरिन्छ । वेदप्रणिहितो धर्मोह्यधर्मस्तद्विर्पयय: । वेदो नारयण: साक्षात्स्वंभूरिति शुश्रुम ।। भागवत ६।४।४०, यसको अर्थ: वेदले जे जुनकर्म र त्यसको विधान बताएको छ, त्यो नै धर्म हो, जे निषेध छ, त्यो अधर्म हो । वेद स्वयं भगवान हो, जीवको स्वाभाविक श्वासप्रश्वास स्वयं ईश्वरको प्रकाश र ज्ञान हो । वेद अपौरुषेय छ, कुनै महापुरुष बा कसैबाट आएको नभई स्वयं ईश्वर सृजित हो । अन्य धर्महरु कोही कतैबाट आएको पाइन्छ ।
ज्योतिषामपितज्योतिस्तमस: परमुच्यते । ज्ञानं ज्ञेयं ज्ञानगम्यं हृदि सर्वस्य विष्ठितम् ।। गीता १३। १७, यसको अर्थ: त्यो परब्रह्म ज्योतिको ज्योति मायाबाट अझ पर छ, त्यो परमात्मा बोधस्वरुप, जान्न योग्य र तत्व ज्ञानबाट प्राप्त गर्न योग्य र सबैको हिर्दयमा विशेष रुपले स्थित छ । दिवातपतिआदिच्चो रतिआभातिचन्द्रिमा । सन्नद्धो खत्तियो तपतिझायीतपति ब्राह्मणे । अथ सब्बमहोरति बुद्धो तपति तेजसा ।। धम्मपद ३८७, यसको अर्थ: सूर्य दिनमा प्रकाशित, रातामा चन्द्रमा, कवच्ले क्षत्रीय प्रकाशवान् हुन्छ भने ध्यानका कारण ब्राह्मण प्रकाशित हुन्छ । बुद्ध आप्mनो तेजले आपँैm प्रकाशित छन् ।
धर्म के हो ?
सत्यमेवेश्वरो लोके सत्यं धर्मसदाश्रित: । सत्यमूलानि सर्वाणि सत्यान्नास्तिपरं पदम् ।। वाल्मीकि रामायण, यसको अर्थ: सत्यले नै संसार अडेको छ, सत्यमै धर्म आश्रित छ र, सत्य नै सबको मूल जरो हो, धर्म हो, सत्यभन्दा अर्को ठूलो पद नै छैन । श्रद्धया धार्यते धर्मो बहुभिनीर्थराशिभि: ।। निष्किन्चना हि मुनय:श्रद्धावन्तो दिवं गता: । गरुड पुराण । अर्थ: धर्मको धारण श्रद्धाबाट हुन्छ, धेरै धनबाट होइन, अत्यन्त निर्धनहरुले पनि श्रद्धाले स्वर्ग र मोक्ष प्राप्त गरेका छन् । धारणाद् धर्ममित्याहुधर्मेण विधृता:प्रजा: । य: स्यादधारणसंयुक्त: स धर्म इतिनिश्चया:, महाभारत १०९।११ शान्तिपर्व । यसको अर्थ: धारण गर्नुको नाम धर्म हो, यसले अधोगतिबाट बचाउँछ र जीवनको रक्षा गर्छ । धर्मले नै सबै प्रजा अर्थात् प्राणीको रक्षा हुन्छ, धारण गरिराखेको हुन्छ, धारण अनि पोषण पनि हुन्छ त्यही नै धर्म हो ।
सत्येन धार्यते पृथ्वी सत्येन तपते रवि: । सत्येन वातिवायुश्च सर्वं सत्ये प्रतिष्ठितम् । चाणक्यनीति ५ । १९, यसको अर्थ: सत्यले पृथ्वी अडेको छ, सत्यले नै सूर्य उदाउने, अस्ताउने, प्रकाश गराउने हुन्, सत्यले वायु बहने, संसारमा भएका सबै सत्यले नै अडेका छन्, अत: सबैको आधार सत्य नै हो । सत्यं ब्रूयात् प्रियं व्रूयात् न व्रूयात् सत्यमप्रियम् । प्रियं च नाअनृतं व्रूयादेष धर्म सनातन: ।। मनुस्मृति ४। १३८, यसको अर्थ: सत्य बोल्नु, सुन्नेलाई प्रियलाग्ने बोली नै बोल्नु, सुन्नेलाई अप्रियलाग्ने सत्य नै पनिनबोल्नु, सुन्नेलाई प्रिय लाग्छ भन्दैमा भूmठ पनि नबोल्नु । सत्यं ब्रह्मतप: सत्यं सत्यं विसृजते प्रजा: । सत्येन धार्यते लोक: स्वर्ग सत्येन गच्छति । महभारत, शान्तिपर्व, यसको अर्थ: सत्य नै ब्रह्म हो, तप भन्नु पनि सत्य हो, सत्यबाटै प्रजा भनौँ प्राणी रक्षा हुन्छ । सत्यले नै संसारलाई धारण गरेको छ, सत्यले नै स्वर्ग जाने हो । उपनिषद्ले ब्रह्म सत्यं जगन्मिथ्या भनेको छ । भागवत सत्यं परं धीमहि: भन्दै आरम्भ हुन्छ । अर्थात् सत्य मात्रै ध्यान गर्न योग्य छ भनिएको हो, परम प्रभु त्यही हो जो अविनाशी र सत्य छ ।
भतृहरि भन्नुहुन्छ : भोगे रोग भयं, कुले च्यूतिभयं, वृत्ते नृपालाद्भयं । माने दैन्यभयं, बले रिपुभयं, रुपे जराया: भयम् । शास्त्रे वादिभयं, गुणे खलभयं, कायेकृतान्ताद् भयं, सर्वं वस्तु भयान्वितं भुवि नृणां वैराग्यमेवाअभयम् । भतृहरिको वैराग्यशतक ३१, यसको अर्थ: खानामा रोगको भय छ, कुलमा च्युतहुने डर छ, धनमा चोर र राज्यको भय छ, मानमा दीनताको डर छ, गरिवले धनीलाई सहन्नन्, बलवानमा शत्रुको भय छ, रुपमा जरा बूढ्याइँको त्रास छ, शास्त्रज्ञका आलोचक बढी हुन्छन्, गुणीलाई निन्दाको डर हुन्छ, शरिरलाई कालको भय छ, संसारमा भयरहित केही छैन र त वैराग्य मात्र भयरहित छ । मनुस्मृति भन्छ: धर्म एवहतो हन्ति, धर्मो रक्षति रक्षित:, यसको अर्थ धर्मको जसले रक्षा गर्छ, धर्मले उसलाई रक्षा गर्छ । त्यसैले गुरु व्यासको भनाइ छ: अष्टादश पुराणेषु व्यासस्य वचनं द्दयम् । परोपकार पुण्याय पापाय परपीडनम् । १८ पुराणका रचयिता वेद व्यासले जम्मा दुई शब्द भने: अरुको उपकार गर्नाले पुण्य हुन्छ र अरुको पीडाले पाप हुन्छ । मनुस्मृतिको भनाइ छ: अहिंसा सत्यमस्तेयं शौचमिन्द्रियनिग्रह: । दानं दया दम:क्षान्ति: सर्वेषां धर्मसाधनम् । यसको अर्थ: हिंसा नगर्नु, सत्य र आचरणमा बस्नु, चोरी नगर्नु, शुद्ध रहनु, इन्द्रियलाई अधिनमा राख्नु, यथाशक्य दान गर्नु, सबैप्रति दया गर्नु, मनलाई नियन्त्रणमा राख्नु, सदैव शान्त रहनु मानव मात्रको धर्मको लक्षण हो । संसारका सबै धर्म सम्प्रदायहरुको अध्ययन गर्दा यस्तै विचार पाइन्छ ।
बुद्धको पन्चशील : हिंसारहितजीवन, चोरी नगर्ने, भूmठ नबोल्ने, व्यभिचार नगर्ने र मद्यपान नगर्ने हो । बुद्धका प्रमुख ४ वादहरु महायान, जसलाई पुरातनवाद भनियो, हीनयान जसलाई संशोधनवाद भनियो, बज्रयान जसलाई अस्तित्ववाद भनियो र थेरवाद जसलाई अनिश्वरवाद भनिएको छ । बुद्धका ४ आर्य सत्यमा दु:ख सत्य, समुदय सत्य, निरोध सत्य र मार्ग सत्य हुन् । जैन धर्मकपनि ४ वाद छन् । दिगम्बरबाद जो निर्बस्त्र हुन्छन्, श्वेताम्बरवाद जसले सेतो बस्त्र धारण गर्छन्, श्वेताम्बर जो मूर्तिपूजक छन् र अर्का श्वेताम्बर जो तेरापन्थी हुन् ।
इश्वरका बारे क कसले के भने त ? यं शैवा समुपासते शिव इतिब्रह्मेति वेदान्तिनो । बौद्धा: बुद्ध: इति प्रमाणपटक: कर्तेति नैयायिका: ।। अर्हन्नित्यथ जैन शासनरता कर्मेति मीमाँशका: । सोअयंमे विदधातु वान्छित फलम् त्रैलोक्यनाथो हरि: ।। यसको अर्थ: शैवमार्गीहरुले ईश्वरलाई शिवभने, वेदान्तीहरुले ब्रह्म भने, बौद्धमार्र्गीहरुले बुद्ध भने, नैयायिकहरुले कर्ता भने, जैनमार्गीहरुले अर्हन्त भने, मीमांशकहरुले कर्म भने, जसले जे भने ठिकै भने, तीनै लोकका मालिक त्रैलोक्यनाथका श्रीहरि, परमेश्वरबाट मानव मात्रले वान्छित फल पाऊन् हामी यही भन्छौँ । शिखमार्गीहरुले गुरु नानकको उपासना गर्छन् उनका प्रार्थनामा ५ नाम छन्: सत्य, यथार्थता, ईश्वरको नाममा दया, सद्विचार, ईश्वर स्तुति र उनैको गुणगान ।
यजुर्वेदले संसारभरि शान्ति भनेको छ, सामवेदले शरिरका सबै अँगले कल्याण सोचून्, देखून, पूर्णायु होस् भन्दै संसारैभरि हितकर होस् भनेको छ । द्यौ शान्ति, स्वस्तिन इन्द्रो भन्ने वाक्याँशहरु तमाम व्यक्तिहरुले उच्चारण र व्यवहारिक प्रयोग गर्ने भन्ने चाहेको छ, ऋग्वेद मन्त्रहरुको खानि नै हो र अथर्व वेदले अर्थ संसारको, विकासको, विज्ञानको उपयोग र सदुपयोग खोजेको छ, स्थापत्यवेद वास्तुशास्त्र यसैमा पर्छ, मानव विकास र कल्याण अनि प्रगति । गीताले भनेको छ मन एव मनुष्याणां कारणं बन्धमोक्षयो:, उपनिषदले पनि यही भनेको छ अर्थात् बन्धनमा पर्ने वा मुक्तिपाउने आप्mनै मनले हो मान्छेको । देवीभागवतको श्लोक: न देहो न च जीवात्मार्नेन्द्र्र्रियाणि परं तप: । मन एव मनुष्याणां कारणं बन्धमोक्षयौ: । यसको अर्थ: बन्धनको कारण न देह हो, न जीव वा इन्द्रियहरु नै, बरु मानिसको मन नै यसको कारण हो शुकदेव स्वामी लगायत राजर्षि जनकहरुको निचोड हो यो । देह भएर पनि जनक विदेह हुन् उनी भन्छन्: देहोअयं ममबन्धोअयं न ममेति च मुक्तता । तथा धनं गृहं राज्यं न ममेति च निश्चय: ।। यसको अर्थ: यो देह मेरो हो, म बद्ध छु, यस्तो विचारले मुक्त हुन सकिन्न, धन र राज्य पनि मेरो होइन, मलाई दृढ निश्चय छ देह नै मेरो होइन, मैले आर्जन गरेको राज्य मेरो कसरी हुन्छ र । त्यसैले म विदेह हुँ, शुकदेवलाई अथ्र्याउँदै जनक भन्नुहुन्छ । त्यसैले जनकलाई शुकदेवले गुरु मानेका हुन् ।
महाभारत ३९ । ७२ अक्रोधेन जयेत् क्रोधमसाधुं साधुना जयेत् । जयेत् कदर्यं दानेन जयेत् सत्येन चानृतम् ।। यसको अर्थ: अक्रोधले क्रोधलाई जित्नु, असाधुहरुलाई साधुको व्यवहारले जित्नु, कृपणलाई दानले जित्नु र भूmठलाई सत्यले जित्नु यसको अर्थ हो । बुद्धको धम्मपद २२३ ले भनेको छ: अक्कोधेन जिने कोधं असाधुं साधुनाजिने । जिने कदारियं दनेन सच्चेन अलिकवादिनं । यसको अर्थ: क्रोधीलाई अक्रोधले जित्नु, असाधुलाई साधु भएर, नराम्रो गर्नेलाई राम्रो गरेर, कृपणीलाई दिएर र असत्यवादीलाई सत्यबाट जीवन सन्चालनगर्नु वेश हुन्छ ।
लेखक पूर्वीय धर्म संस्कृतिका शोधकर्ता हुनुहुन्छ


















