नेपाली कांग्रेसले गण्डकीको संसद् बैठक बहिष्कार गर्ने भएको छ । संसदीय दलको बैठकले संसद बैठक र कार्यव्यवस्था परामर्श समितिको बैठक समेत बहिष्कार गर्ने निर्णय गरेको हो ।
‘प्रदेश प्रमुख र मुख्यमन्त्रीले गैरसंवैधानिक काम गर्नुभएको छ । असंवैधानिक हिसाबले बोलाइएको बैठकमा हामी सहभागी नहुने निर्णय भएको छ,’ दलका नेता सुरेन्द्रराज पाण्डेले भने, ‘सभामुख ज्युले पनि बैठक सञ्चालन गर्न भएन ।’


















