अयोध्या भारत : दिल्ली स्टडी ग्रुपका संयोजक तथा भारतीय जनता पार्टीका बरिष्ठ नेता डा.विजय जौलीकाको आयोजनामा विभिन्न ३० देशका ९० प्रवासी भारतीय सहित चारसय श्रद्धालुले अयोध्यामा चार महिना अघि निमार्ण सम्पन्न राममन्दिरको दर्शन गरेका छन ।

हनुमान चालीसा पाठसंगै जयश्रीरामको नारा घन्काउदै ३० देशका ९० प्रवासी भारतीयका साथमा चारसय श्रद्धालुले अयोध्या स्थीत राममन्दिर दर्शन गरेका हुन । दर्शन कार्यक्रमको नेतृत्व वैश्विक भारत ब्रांड एंबेसडर तथा अध्यक्ष दिल्ली स्ट्डी ग्रुपका संयोजक , पूर्व भाजपा दिल्ली विधायक डॉ.जौलीे गरेका थिए ।
सो अवसरमा कार्यक्रमलाई सम्बोधन गर्दै नेता डा. जोलीले बिश्का बिभिन्न देशमा रहेका गैर आवसिय भारतीहरुले भारतीय संस्कार र संस्कृती प्रचारमा महत्वपुर्ण योगदान दिन सक्ने बताउनु भयो । कार्यक्रममा श्रीराम जन्मभूमि तीर्थ क्षेत्रका महासचिव श्री चंपत रायले अयोध्यामा हिन्दु मुस्लीम बिच कुनै झगडा नभएको तर अयोध्या बाहिरका ब्यक्ति र संच्चार माध्यमले झगडा छ भनि गलत प्रचार गरेर भ्रम सृजना गरेको बताउनु भयो । कार्यक्रममा सहभागि सबै श्रद्धालु भक्तजनलाई रामनामी दुपट्टा ओढ़ाएर निधारमा चन्दनको तिलक लगाईएको थियो ।
सो कार्यक्रममा श्रीराम जन्मभूमि तीर्थ क्षेत्रका महासचिव श्री चंपत राय, श्रीरामलाल राष्ट्रीय स्वयंसेवक संघ संपर्क प्रमुख, श्रीदिनेश चंद्र संरक्षक विश्व हिन्दू परिषद, उज्बेकिस्तानका व्यवसायी अशोक के. तिवारी (प्रवासी भारतीय सम्मानबाट सम्मानित), भूपेंद्र कंसल महामंत्री हिमालय परिवार विशेष उपस्थित रहेको थियो ।
कार्यक्रममा नेपालबाट सार्क जर्नालिष्ट फोरमका अध्यक्ष राजु लामा पत्रकारहरु केशब अर्याल , रुद्र सुबेदी , आरिफ अन्सारी , रमेश चन्द्र कुमाल सहितको टोली सहभागि भएको थियो । रामललाको दर्शन भन्दा अघि सबै श्रद्धालुले सरयू नदी घाटमा आयोजित आरती र पूजा गरेर हनुमान गढ़ी मंदिर पुगेर राम भक्त बजरंगबलीको दर्शन गरेका थिए ।


















