जसपाको केन्द्रीय निर्वाचन समिति गठन

जनता समाजवादी पार्टी ९जसपा०ले केन्द्रीय निर्वाचन तदर्थ समिति गठन गरेको छ । केन्द्रीय कार्यकारिणी समितिले दिएको अधिकार बमोजिम पार्टीको केन्द्रीय कार्यालय समितिले अधिवक्ता दीपेन्द्र झाको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको हो ।

समितिको सदस्यहरूमा नोजकुमार बर्मा, भुवनेश्वर चौधरी, आशा राई र देवनारायण यादव चयन भएका छन् । पार्टीले तयार गरेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि निर्वाचन निर्देशिकाले स्वच्छ, निष्पक्ष तथा पारदर्शी ढंगले प्रतिनिधि निर्वाचन गर्नरगराउन आवश्यकता अनुसार केन्द्रमा केन्द्रीय निर्वाचन तदर्थ समिति तथा प्रदेशमा प्रदेश निर्वाचन तदर्थ समिति गठन गर्ने व्यवस्था गरेको छ ।

केन्द्रीय निर्वाचन समितिले प्रदेशमा राष्ट्रिय महाधिवेशन प्रतिनिधि निर्वाचन प्रक्रिया पार्टीको विधान तथा निर्देशिकाअनुसार गराउन प्रदेश निर्वाचन तदर्थ समितिसँग समन्वय गर्ने छ ।