रियल र बायर्नबीचको पहिलो लेग बराबरी

युरोपियन च्याम्पियन्स लिग अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा स्पेनिस क्लब रियल म्याड्रिड र जर्मन क्लब बायर्न म्युनिखले बराबरी खेलेका छन्।

मङ्गलबार राति बायर्नको मैदानमा भएको खेल दुई -दुई गोलको बराबरीमा सकिएको हो। २४ मिनेटमा भिनिसियस जुनियरको गोलबाट रियलले खेलमा अग्रता लिएको थियो। ५३ मिनेटमा सानेले गोल गरेपछि बायर्न खेलमा फर्कियो।

५७ मिनेटमा ह्यारी केनले पेनाल्टीबाट गोल गर्दा बायर्नले खेलमा अग्रता लिन सफल भयो। तर भिनिसियसले ८३ मिनेटमा पेनाल्टीबाट गोल गर्दा खेल दोस्रोपटक बराबरीमा आयो।