अमेरिकी पूर्व राष्ट्रपति डोनल्ड ट्रम्प दोषी ठहर, उनीविरुद्ध सजाय सुनाउन बाँकी

अमेरिकी पूर्व राष्ट्रपति डोनल्ड ट्रम्प एउटा ऐतिहासिक फौजदारी सुनुवाइका क्रममा व्यावसायिक अभिलेखहरूमा किर्ते गरेको ३४ वटा कसुरमा दोषी ठहर भएका छन् । भूतपूर्व वा पदमा बहाल रहेका अमेरिकी राष्ट्रपति कुनै पनि अपराधमा दोषी ठहर भएको यो पहिलो घटना हो ।

अदालतले जुलाई ११ मा उनीविरुद्ध सजाय सुनाउने छ । ट्रम्पलाई जेल सजाय पनि हुन सक्छ । कानुनविद्हरूले उनलाई जरिवाना हुने सम्भावना बढी रहेको बताएका छन् । ट्रम्पले यो आदेशलाई ‘कलङ्क’ भन्दै उक्त मुद्दा हेर्ने निकायको अध्यक्षता गरेका न्यायाधीश मर्चनको आलोचना गरेका छन् । ट्रम्पविरुद्ध परेका केही मुद्दाको सुनुवाइ हुन बाँकी नै छ ।

राष्ट्रपति बाइडनलाई आगामी नोभेम्बरमा हुने चुनावमा पराजित गरेर ह्वाइट हाउसमा फर्किन ट्रम्पले निर्वाचन अभियान चलाइरहँदा यो आदेश आएको हो । अदालतले २२ प्रत्यक्षदर्शीसँग छ सातासम्म बयान लिएको थियो । बयान दिनेमा ट्रम्पसँग अवैध यौन सम्बन्ध भएको र सन् २०१६ को चुनावअघि ‘चुप बस्न’ रकम दिइएको भनिएकी पोर्नस्टार स्टोर्मी ड्यान्यल्स पनि थिइन् । ट्रम्पका एक वरिष्ठ अधिवक्ताले फक्स न्यूजुलाई बताएनुसार पूर्वराष्ट्रपतिको कानुनी टोलीले पुनरावेदनका लागि ‘सबै उपायमाथि छलफल’ गरिरहेको छ।

ट्रम्पले यो आदेशलाई ‘कलङ्क’ भन्दै उक्त मुद्दा हेर्ने निकायकोअध्यक्षता गरेका न्यायाधीश मर्चनको आलोचना गरेका छन् । ट्रम्पविरुद्ध परेका केही मुद्दाको सुनुवाइ हुन बाँकी नै छ । राष्ट्रपति बाइडनलाई आगामी नोभेम्बरमा हुने चुनावमा पराजित गरेर ह्वाइट हाउसमा फर्किन ट्रम्पले निर्वाचन अभियान चलाइरहँदा यो आदेश आएको हो ।

अदालतले २२ प्रत्यक्षदर्शीसँग छ सातासम्म बयान लिएको थियो । बयान दिनेमा ट्रम्पसँग अवैध यौन सम्बन्ध भएको र सन् २०१६ को चुनावअघि ‘चुप बस्न’ रकम दिइएको भनिएकी पोर्नस्टार स्टोर्मी ड्यान्यल्स पनि थिइन् । ट्रम्पका एक वरिष्ठ अधिवक्ताले फक्स न्यूजुलाई बताएनुसार पूर्वराष्ट्रपतिको कानुनी टोलीले पुनरावेदनका लागि ‘सबै उपायमाथि छलफल’ गरिरहेको छ ।

मतसर्वेक्षणहरूमा ट्रम्प र जो बाइडनबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ । मतदाताहरूले मन परिवर्तन गर्न सक्ने धेरै महत्त्वपूर्ण राज्यहरूमा ट्रम्प लाभको स्थितिमा देखिन्छन् । तिनै राज्यले अन्तिम परिणामको छिनोफानो गर्छन् । तर ती सर्वेक्षणहरूले यो फैसलाबाट परिस्थिति फेरिन सक्ने सङ्केत पनि गरेका छन् ।

गत हिउँदयाममा रिपब्लिकन पार्टीको प्राइमरी चुनावमा केही मतदाताले ट्रम्प फौजदारी मुद्दामा दोषी ठहर भएको अवस्थामा उनलाई मत नदिने बताएका थिए । गत अप्रिलमा इप्सस र एबीसी न्यूजले गरेको अर्को सर्वेक्षणमा ट्रम्पलाई समर्थन गर्ने १६ प्रतिशतले उनी दोषी ठहर भएको अवस्थामा उनलाई मत दिने कि नदिने भनेर पुनर्विचार गर्ने बताएका थिए ।

त्यतिबेला ट्रम्पविरुद्ध विभिन्न अपराध गरेको अभियोगमा चारवटा मुद्दा चलेका थिए । तीमध्ये सन् २०२० को राष्ट्रपतीय निर्वाचनको परिणाम उल्ट्याउने प्रयास र ह्वाइट हाउसबाट बहिर्गमन हुँदा वर्गीकृत दस्तावेजहरूसँग सम्बन्धित मुद्दा पनि थिए । अब मतदाताहरूले अदालतको फैसलापछि आफ्नो निर्णय गर्न सक्छन् । ‘वास्तविक फैसला नोभेम्बर ५ मा जनताले गर्ने छन्’, अदालतबाट बाहिर निस्किएपछि ट्रम्पले भने । बीबीसी