सातदोबाटोको स्विमिङ पुलमा डुबेर २३ वर्षीय युवाको मृत्यु

ललितपुरको सातदोबाटोस्थित स्विमिङ पुलमा डुबेर एक २३ वर्षीय युवाको मृत्यु भएको छ । प्रहरीका अनुसार आइतबार पौडी खेल्न जाँदा डुबेका युवकको उपचारको क्रममा मृत्यु भएको हो ।

मृतक महांकाल गाउँपालिका वडा नम्बर ३ गोटिखेल घर भई ललितपुरको इमाडोल बस्ने उज्वल श्रेष्ठ हुन् । उनी आइतबार बिहान साढे ११ बजेतिर पौडी खेल्नेक्रममा पुलमा डुबेका थिए । डुबेर बेहोस भएका उनलाई लाइफ गार्डको सहयोगमा उद्धार गरी अस्पताल लगिएको थियो । बिएन्डबी अस्पतालमा उपचारको क्रममा दिउँसो ३ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।