नेपाल भाषाको गीत ‘सलिंचाय्’को म्युजिक भिडियो सार्वजनिक

सिथि नखःको अवसरमा मगन इन्टरटेनमेन्टको निर्माणमा नयाँ नेपाल भाषाको गीत ‘सलिंचाय्’को म्युजिक भिडियो सार्वजनिक भएको छ । आर.मानन्धरको रचना, दिनेश श्रेष्ठको संगित संयोजन तथा सतिश महर्जनको संगित एवम् गायनमा तयार भएको म्युजिक भिडियोको निर्देशन रजिन महर्जनले गरेका हुन् ।

विज्ञापन तथा मेडलिङ्गमा ब्यस्त राष्ट्रिका शाक्यको मुख्य भूमिका रहेको भिडियोमा स्वयम् निर्देशक रजिन महर्जनले पनि मुख्य भूमिकामा अभिनय गरेका हुन् । केहि समय अगाडी मात्र रिलिज भएको नेपाल भाषाकै गीत छंगु म्हगः गुलि बाँलाको दोस्रो श्रृङ्खलाको रुपमा निर्माण भएको ‘सलिंचाय्’को छायांकन निरज महर्जनले गरेका हुन् भने सम्पादन रजिन महर्जनकै रहेको छ ।

गीतलाई कीर्तिपुरको लायकुमा छायांकन गरिएको हो भने यसमा बिक्रम महर्जनको कला निर्देशन, राज महर्जनको सहायक निर्देशन हो भने यसलाई संजिव रत्न शाक्यले कलर करेक्शन गरेका हुन् । गीत मगन इन्टरटेनमेन्टको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।