शिवम् सिमेन्टको ‘उडान-समृद्धि र सहयात्रा’को ३१ डिलरलाई अवार्ड

शिवम् सिमेन्टले आयोजना गरेको ‘उडान-समृद्धि र सहयात्राको’ शीर्षकको कार्यक्रममा ३१ डिलरले विभिन्न विधामा अवार्ड हात पारेका छन् । कम्पनीले ‘शिवम् कीर्ति समारोह २०८१’ आयोजना गरी ‘उडान-समृद्धि र सहयात्राको’ शीर्षकको कार्यक्रममा उत्कृष्ट डिलरहरूलाई अवार्ड दिएको हो ।

रिजनलअन्तर्गत प्रगति र परमवीर अवार्ड प्रदान गरिएको थियो । नेसनलअन्तर्गत त्रिनेत्र, सदाबहार र कल्पवृक्ष अवार्ड दिइयो । उत्कृष्टमध्येका सर्वोत्कृष्ट चार डिलरलाई शिवम् डायमन्ड, शिवम् गोल्ड, शिवम् सिल्भर र चेयरम्यान अवार्डबाट सम्मान गरिएको थियो ।

शिवम् नेसनल डायमन्ड अवार्ड ललितपुरस्थित सुपरस्टार ट्रेडिङ हाउस परिवार, शिवम् नेसनल गोल्ड अवार्ड सुशील हार्डवेयर गोलबजारका प्रोपाइटर सुनीलकुमार सिंह र शिवम् नेसनल सिल्भर अवार्ड पुष्प अटो इन्टरप्राइजेज गठौनाका ईश्वरप्रसाद गुप्ताले जिते । शिवम् सिमेन्टका सर्वोत्कृष्ट विक्रेताअन्तर्गत शिवम् चेयरम्यान अवार्ड नेपाल ट्रेड सेन्टर जनकपुरका सोहनलाल मुरारकाले जिते ।

कार्यक्रममा कम्पनीका उपाध्यक्ष निखिल अग्रवालले विगत पाँच वर्षमा कोभिड-१९, आर्थिक मन्दीजस्ता विषम परिस्थितिमा पनि आफ्ना वितरक तथा डिलरले देखाएको धैर्यता र ऐक्यबद्धतालाई आधार मानेर उक्त शीर्षकमा कार्यक्रम आयोजना गरिएको बताए ।