बाँकेमा गएराति आएको हुरीबतासका कारण एक महिलाको मृत्यु भएको छ । हावाहुरीले पर्खाल भत्किँदा कोहलपुर-१४, वीरगञ्जकी मीना खातुनको मृत्यु भएको हो ।
बाँके जिल्ला प्रहरी कार्यालयका अनुसार कोहलपुरको हवल्दारुरमा हुरीबतासले पर्खाल भत्किँदा खातुनलाई च्यापेको थियो । उनले स्थानीय राम्रो इन्टरप्राइजेज लगायतमा काम गर्ने गरेको प्रहरीको भनाइ छ ।
त्यस्तै, विद्युत्को पोलमा क्षति पुर्याउँदा बाँकेका केही स्थानीय तहमा विद्युत् आपूर्ति बन्द भएको छ । जिल्लाको डुडुवा, राप्तीसोनारी, नरैनापुरलगायतका स्थानमा विद्युत् आपूर्ति बन्द भएको नेपाल विद्युत् प्राधिकरण नेपालगञ्ज वितरण शाखाका प्रमुख जगन्नाथ लामिछानेले जानकारी दिए ।

















