काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजारको परिसूचक नेप्से ३२.०२ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से परिसूचक २५६८ अंकमा कायम भएको छ ।
त्यस्तै १४ अर्ब १३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिन १६ अर्ब २० करोडको भएको थियो । यस दिन माइक्रोफाइनान्स समूहको सूचक सबैभन्दा धेरै ६.८ प्रतिशत बढ्यो ।
बैंकिङ १.६, फाइनान्स १.२२, होटल तथा पर्यटन ०.२, जीवन बीमा ०.७१, उत्पादन ०.८६, निर्जीवन बीमा २.९५ तथा व्यापार समूहको सूचक ०.८१ प्रतिशत बढ्यो ।
अन्य ०.३३, लगानी ०.३, हाइड्रोपावर ०.१० र विकास बैंक समूहको सूचक ०.३५ प्रतिशत घट्यो । उपकार लघुवित्त, जीवन विकास लघुवित्त, एसियन हाइड्रोपावर, गणपति लघुवित्त, राष्ट्रिय बीमा कम्पनीको मूल्य १० प्रतिशत बढ्यो ।



















