skip this वडा नं १६ बालाजु च:मती

चीनका उच्च कूटनीतिज्ञ र अमेरिकी सुरक्षा सल्लाहकारबीच थाइल्याण्डमा भेटवार्ता हुने

चीनका उच्च कूटनीतिज्ञ वाङ यीले र अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानबीच शुक्रबार थाइल्याण्डमा भेटवार्ता हुनेभएको छ । बेइजिङ र वासिङ्टनबीच हालैका वर्षहरूमा प्रविधि, व्यापारदेखि मानव अधिकारका बिषयका साथै ताइवान र साउथ चाइना सीका बिषयमा प्रतिस्पर्धात्मक दाबीका मुद्दाहरूमा टकराव भएको छ । दशकौँ यताको सबैभन्दा खराब सम्बन्ध सुधारका लागि राष्ट्रपति जो बाइडेनले गत नोभेम्बरमा सान फ्रान्सिस्कोमा चिनियाँ समकक्षी सी चिनपिङसँग भेटवार्ता गर्नुभएको थियो । चीन र संयुक्त राज्य अमेरिकाको सहमतिअनुसार वाङ यीले संयुक्त राज्य अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार सुलिभानसँग बैंककमा नयाँ चरणको बैठक गर्नुहुनेछ,बेइजिङको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ । अमेरिकाले शुक्रबार र शनिबार वार्ता हुने जनाएको छ । ह्वाइट हाउसले भनेको छ, यो बैठकले राष्ट्रपति बाइडेन र राष्ट्रपति सीबीच नोभेम्बर २०२३ मा हुने वुडसाइड शिखर सम्मेलनमा रणनीतिक सञ्चार कायम राख्न र जिम्मेवारीपूर्वक सम्बन्ध व्यवस्थापन गर्ने दुवै पक्षको प्रतिबद्धतालाई निरन्तरता दिएको छ । शुक्रबार सुलिभानले थाइल्याण्डका प्रधानमन्त्री श्रेता थाभिसिन र अन्य उच्च अधिकारीसँग बैङ्ककमा भेटवार्ता गर्नुभएको थियो । ह्वाइट हाउसका अनुसार उनीहरूले बर्माको बिग्रँदो सङ्कटलाई सम्बोधन गर्ने प्रयाससहित क्षेत्रीय र विश्वव्यापी मुद्दाहरूमा छलफल गरेका छन् । म्यानमाको सेनाप्रति बफादार सरकार जुन्टा सरकार र देशको उत्तरी भागमा जातीय सशस्त्र समूहहरूबीच युद्ध चर्किएको छ ।