पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा गरेका सम्बोधन समेटिएको पुस्तक सार्वजनिक गरिएको छ । शहीद दिवसका दिन पारेर आज उक्त ‘संसद्मा केपी शर्मा ओली’ नामक पुस्तक सार्वजनिक गरिएको हो ।
प्रज्ञा–प्रतिष्ठानमा आयोजित एक समारोह बीच पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले ‘संसद्मा केपी शर्मा ओली’ नामक ग्रन्थको लोकार्पण गरेकी हुन् । पुस्तकमा २०४८ देखि २०७४ सालसम्म ओलीले सम्बोधन गरेका विषयलाई समावेश गरिएको छ । २०४८ सालदेखि २०७४ सालसम्म ओलीले संसदको २३ वटा अधिवेशनमा भाग लिएको पनि पुस्तकमा उल्लेख गरिएको छ ।
सभ्यता अन्वेषण केन्द्रले तयार पारेको उक्त पुस्तकको लेखक सानीमैँया खड्का हुन् । कार्यक्रममा दलका नेता–कार्यकर्ता, विभिन्न क्षेत्रका प्राज्ञिकहरुको उपस्थिति रहेको थियो ।



















