skip this वडा नं १६ बालाजु च:मती

भोलिदेखि विप्लवले जातीय मोर्चाको केन्द्रिय कार्यशाला गोष्ठी गर्ने

भोलि(सोमबार)देखि कपिलबस्तुमा नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाको राष्ट्रिय जातीय मोर्चाको केन्द्रिय कार्यशाला गोष्ठी हुने भएको छ । भोलिदेखि सुरु हुने दुई दिने गोष्ठीलाई नेकपाका महासचिव विप्लवले उद्घाटन गर्ने जनाइएको छ ।

गोष्ठीमा देशभरका विभिन्न जातीय तथा राष्ट्रिय मुक्तिमोर्चाको सहभागिता रहने जनाइएको छ । देशको बद्लिदो परिस्थितिमा हुन लागेको जातीय मोर्चाको गोष्ठी महत्वपूर्ण हुने आकलन गरिएको छ ।