skip this वडा नं १६ बालाजु च:मती

वाणिज्य बैंकहरुद्वारा प्रभु बैंकका डी–सीईओ न्यौपानेसहित पक्राउ परेकालाई तत्काल रिहाईको माग

वाणिज्य बैंकहरु एकजुट भएर पक्राउ परेका प्रभु बैंकका डी–सीईओ मनोज न्यौपानेसहित सबैलाई छोड्न माग गरेको छ । कमसल धितो राखी ठुलो रकम कर्जा प्रवाह गरेको भन्दै प्रभु बैंकका डी–सीईओ न्यौपानेसहित १० जना बैंकर्सलाई केन्द्रीय प्रहरी अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेसँगै २० वटै वाणिज्य बैंकका सीईओहरु एकजुट भएर रिहाईको माग गरेका हुन् ।

वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरुको छाता संगठन नेपाल बैंकर्स संघले आज बुधवार आकस्मिक बैठक बसेर बैंकर्समाथिको धरपकडविरुद्ध उत्रिने निर्णय गरेको हो । बैंकिङ कारोबारमा उच्च सावधानीका साथ ऐन, नियम बमोजिम कर्जा/निक्षेपसँगै अन्य आर्थिक गतिविधि गरिरहेको अवस्थामा कुनै कारण देखाई बैंकर्समाथि सीआईबीले धरपकड गर्नु निन्दनीय कार्य भएको संघको निष्कर्ष छ ।

आजको बैठकले पक्राउ परेका बैंकर्सहरुलाई विना शर्त तत्काल रिहा गर्न माग गर्दै त्यसो नगरिए बैंकिङ गतिविधि ठप्प पार्नेसम्मका निर्णय गरेको छ । साथै, केन्द्रीय बैंकका गभर्नर, सीआईबी प्रमुखसँगै गृहमन्त्रीलाई समेत भेटेर ध्यानाकर्षण गर्ने कार्यक्रम तय गरेको छ ।