skip this वडा नं १६ बालाजु च:मती

निषेधित क्षेत्र तोड्न पुगेका लोसपा परित्याग गरेका महतोमाथि प्रहरीको लछारपछार

लोकतान्त्रिक समाजवादी पार्टी परित्याग गरेर राष्ट्रिय मुक्ति आन्दोलन घोषणा गरेका राजेन्द्र महतोसहितका नेताहरूलाई प्रहरीले लछारपछार गरेको छ । आज बुधबार काठमाडौंस्थित माइतीघर मण्डलको निषेधित क्षेत्र तोड्न पुगेका उनीहलाई प्रहरीले लछारपछार पारेको हो ।

निषेधित क्षेत्र तोड्ने जुलुसमा सुमन साय्मिसहितका नेताहरू पनि पुगेका थिए । भृकुटीमण्डपबाट निस्किएको र्याली माइतीघर मण्डल पुगेको थियो । त्यसक्रममा प्रहरीसँग धकेलाधकेल भएको हो । प्रहरीको लाठी प्रहारबाट महतो सहितका अभियानका केही नेताहरू घाइते भएको एक नेताले जानकारी दिए । प्रहरीले भने अहिलेसम्म कसैलाई नियन्त्रणमा नलिएको र कोहिपनि घाइते नभएको बताएको छ ।

महतोले गत फागुन १४ गते लोसपा त्याग गरेका हुन् । उनी लोसपाको वरिष्ठ नेता थिए । ६ महिना नाकाजाम गर्दा पनि मधेसले आफ्ना माग पूरा गराउन नसकेको भन्दै अलग्गै आन्दोलनको घोषणा गरेका छन् । उनले पछाडि पारिएको मधेसी, मुस्लिम, आदिवासी, जनजाति समेटेर राष्ट्रिय मुक्ति आन्दोलन गर्ने बताएका छन् ।