skip this वडा नं १६ बालाजु च:मती

सत्ता गठबन्धन बिच मन्त्रालयको भागबण्डामा सहमति , मन्त्रीबन्नेहरु यस्ता छन

काठमाडौं । सत्ता गठबन्धन बिच मन्त्रालयको भागबण्डामा सहमति भए संगै दलहरुले पार्टीबाट मन्त्री बनाउनेको नाम तय गरेका छन । स्रोतका अनुसार नेकपा एमालेले मन्त्रीहरुको नाम टुंग्याएको छ ।सरकारमा एमालेले ८ बटा मन्त्रालय पाउनेछ । नेताहरुका अनुसार एमालेबाट सरकारमा पार्टीको नेतृत्व सचिव रघुवीर महासेठले गर्ने छन् । उनी उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्री हुनेछन् । त्यसै गरी दामोदर भण्डारी, हरि उप्रेती, भगवती चौधरी, राजेन्द्र राई, ज्वालाकुमारी साह र बलराम अधिकारी पनि मन्त्री हुने भएका छन । यसअघि एमालेबाट पदम गिरीले मन्त्री पदको शपथ लिइसकेका छन् । त्यसै गरी माओबादीले पनि नाम तय गरेको बुझिएको छ । माओवादीबाट वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, सहित नेताहरु शक्तिबहादुर बस्नेत र रेखा शर्माले मन्त्रीमा निरन्तरता पाउने माओवादी केन्द्र स्रोतले जनाएको छ ।श्रेष्ठ उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री हुनेछन् भने अर्थमन्त्री वर्षमान पुन हुनेछन् । शक्तिबहादुर बस्नेत र रेखा शर्माको मन्त्रालय टुंगिएको छैन । माओवादी केन्द्रबाटै हितबहादुर तामाङलेयस अघिनै मन्त्री पदको शपथ लिइसकेका छन । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा सहभागी हुने चार जनाको नाम टुंगो लगाएको छ ।रास्वपाले गृह मन्त्रालयमा सभापति रवि लामिछाने, श्रममा उपसभापति डीपी अर्याल, युवा तथा खेलकुदमा विराजभक्त श्रेष्ठ र शिक्षामा सुमना श्रेष्ठलाई पठाउने निर्णय गरेको हो ।