skip this वडा नं १६ बालाजु च:मती

प्रचण्डको चरम सत्ता मोह

प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ अहिले सत्ताकालागि जे पनि गर्न सक्ने पात्रको रुपमा देखिएका छन । उनले यो एक बर्षमै दुई पटक सत्ता गठबन्धन फेरि सकेका छन । यसअघि गत वर्ष २०७९ पुस १० गते काग्रेस सहितको तत्कालीन चुनावी गठबन्धनलाई धोका दिएर प्रचण्ड एमालेको समर्थनमा प्रधानमन्त्री बनेका थिए । तर केही समय पछि नै उनी पुन काग्रेससंग गठबन्धन गर्न गए । पछिल्लो पटक प्रचण्ड पुन एमालेसंग गठबन्धनमा गएका छन ।
२०७९ को चुनावमा कांग्रेससँग तालमेल गरेको माओवादी अध्यक्ष प्रचण्डले सुरुमा सरकार बनाउँदा भने एमालेको समर्थन लिए । त्यतिबेला बालुवाटारबाट प्रधानमन्त्री शेरबहादुर देउवासँग खुमलटार जान्छु भनेर हिँडेका प्रचण्ड एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेर एमालेको समर्थनमा प्रधानमन्त्री बनेका थिए । एमालेसंगको सहमति अनुरुप एमालेका देवराज घिमिरे सभामुख बने । तर प्रचण्डलाई प्रम नबनाउनु गल्ति भएको भन्दै काग्रेसले विश्वासको मत दिँदा प्रचण्डको पक्षमा २६८मत परेको थियो । काग्रेससंग मिलेर प्रचण्डले सरकार बनाए पछि दुई महिना पनि नपुग्दै एमाले सरकारबाट बाहिरिएको थियो ।प्रचण्डको सरकार अहिले १५ औं महिनामा चलिरहेको छ। १५ महिनामै प्रचण्डले एमालेसँग पुन गठबन्धन गररे गत वर्ष पुस १० गतेको अवस्थामा फर्किएको छ। अब प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकै नेतृत्वको सरकारमा एमाले, रास्वपा र जसपा सहभागी हुने निश्चित भइसकेको छ। अरू दलहरुको सहभागिताबारे अझै निधो भइसकेको छैन।
प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ कै कारण अहिले दलहरु प्रति जनताको नकारात्मक धारण बढेको छ । भन्न त उनले बढो ठुलो काम गरेको जसरी आफू नमर्दासम्म देशमा उथलपुथल भइरहने बताउछन ।सोमबार दिउँसो काठमाडौंमा शहीद प्रतिष्ठान नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै आफू जीवित रहुञ्जेलसम्म देशमा उथलपुथल भइरहने बताए तालि पनि खाए । तर यो उनको जनता र कार्यकर्ता झुक्याउने खेल मात्र हो । उनले उथपुथल गर्ने भन्दा सत्ताको लागि जे पनि गर्दछन ।
उनले भने ‘म नमर्दासम्म देशमा उथलपुथल भई नै राख्छ ।माओवादी केन्द्र पार्टी निरन्तरतामा रमाएर बस्न नसक्ने पनि उनले बताए।‘निरन्तरतामा रमाएर स्थिरतामा बस्न सक्दैन ।यस्तो तल्लो स्तरको सत्ता मोह देखाउदा पनि क्रान्किारी काम गरे भन्ने र पत्ताएर तालि बजाउने सबै क्रान्तिकारीहोईन कि क्रान्तिको नारा दिदै शहिदको रगतमा टेकेर आफ्नो स्वार्थ पुरा गर्ने चरम अवसरबादी तत्व हुन ।