skip this वडा नं १६ बालाजु च:मती

काग्रेस , माओबादी गठबन्धनका बेला जस्तै आफुलाई पनि प्रधानमन्त्री बनाउने सहमति हुनु पर्ने माधब नेपालको भित्रि माग ।

काठमाडौँ । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) पार्टीका प्रमुख सचेतक मेटमणि चौधरीले आफ्नो पार्टीले अघि सारेका मागहरुमा लिखित सहमति जनाएमात्रै प्रधानमन्त्रीलाई विश्वासको मत दिने बताएका छन । आज सिंहदरबारमा बसेको नेकपा (एकीकृत समाजवादी)को संसदीय दलको बैठकले सो निर्णय गरेको उनले बताए । उनले राष्ट्रियसभा अध्यक्षमा पनि प्रधानमन्त्रीलाई आफ्नो पार्टीले राखेका कुराहरुमामा लिखित सहमति जनाएमात्रै सहयोग गर्ने बताए । सचेतक चौधरीले आफुहरुले प्रधानमन्त्री समक्ष राखेका केही मागहरुको सुनुवाइ नभए भोट हालिरहनुपर्ने जरुरी नरहेको बताए र भने ‘भोलि हुने राष्ट्रियसभा अध्यक्षको निर्वाचन र पर्सि प्रधानमन्त्रीज्युले लिने विश्वासको मत लिने बेला मत दिने निर्णय गरेका छैनौँ । हामीले भनेको केही कुरामा उहाँले सहमति जनाउनुभयो भने त्यो पनि लिखित सहमति गर्नुभयो भने राष्ट्रिय सभामा भोट दिनसक्छौँ । र प्रतिनिधि सभामा उहाँले लिने विश्वासको मत दिन सक्छौ । नत्र पुन बिचार गर्न सक्छौ । स्रोतका अनुसार काग्रेस , माओबादी गठबन्धनमा आफुलाई पनि प्रधानमन्त्री बनाउने मौखिक सहमति भएकोले अहिले पनि त्यस्तै सहमति हुनु पर्ने माधब नेपालको भित्रि माग रहेको स्रोतका दाबि छ ।