काठमाडौ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) भित्रको आन्तरीक बिवाद सतहमा आएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वास मत दिने सन्दर्भमा बिवाद सतहमा आएको हो । सो पार्टीका अध्यक्ष रञ्जिता चौधरीले प्रधानमन्त्रीलाई विश्वासको मत दिन निर्देशन जारी गरेकी छिन्। उनले बिज्ञप्ति जारी गरी ‘फागुन ३० गते विहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा अनिवार्य उपस्थित हुन र सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूमाथि प्रतिनिधि सभाको विश्वास छ भन्ने प्रस्तावको पक्षमा मतदान गर्न (निर्देशन) ह्विप जारी गरिएको ब्यहोरजनाएकि छन ।तर, संरक्षक चौधरी पक्षका पार्टी उपाध्यक्ष दामोदर पण्डितले विश्वासको मत नदिन र प्रतिपक्षमा बस्न भन्दै विज्ञप्ती निकालेका छन्।






















