राष्ट्रियसभा अध्यक्ष पदमा पनि प्रचण्डकै परीबारका सदश्य
काठमाडौ । फागुन २९ गते भएको राष्ट्रियसभा अध्यक्ष पदमा नेकपा माओबादीका नारायणप्रसाद दाहाल निर्वाचित भएका छन्।उनी नेपाली कांग्रेसका उम्मेदवार युवराज शर्मालाई पराजित गर्दै राष्ट्रिय सभा अध्यक्ष निर्वाचित भएका हुन्।दाहाललाई राष्ट्रिय सभा अध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावका पक्षमा ५६ जना सांसद उपस्थित भएकोमा ३९ मत परेको थियो भने विपक्षमा १७ मत परेको थियो । माओबादीका दाहाललाई एमाले, एकीकृत समाजवादी र जसपाको समर्थन थियो।कांग्रेसका शर्मालाई लोसपाले पनि साथ दिएको थियो। शर्मालाई राष्ट्रिय सभा अध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने पक्षमा १७ मत र विपक्षमा ३९ मत आएको थियो।
दाहाल राष्ट्रिय सभा अध्यक्ष निर्वाचित भए संगै माओबादीले एउटा संबैधानिक पद पाएको छ । प्रचण्डको रहर पनि पुरा भएको छ । पारीवारी मोह पुन छताछुल्ल भएको छ । राष्ट्रिय सभा अध्यक्षमा उनले जसरी आफ्नै खलक भित्रको भाईलाई अगाडीसारे यसबाट प्रचण्ड भित्र कति धेरै पारीबारीक मोह छ भन्ने छता छुल्ल पनि भएको छ । राष्ट्रिय सभाको अध्यक्ष माओबादीले पाए पछि माओबादीमा राष्ट्रिय सभा अध्यक्ष हुन योग्य अरु धेरै जना हुदा हुदै उनले भाईलाई नै अगाडी सारे । यस अधि नै उनकि जेठी छोरी रेण ुदाहल भरत पुरको मेयर छन । अर्की छोरी गंगा उनकै निजी पिय छन । ज्र्वाइ जीवन आचार्य प्रदेश एकमा मन्त्री थिए । सम्धी चुडाबहादुर खड्का सांसद थिए । सल्लकार पनि भए । अरु पनि उनका आफ्न पद खान कोही बाँकि छैनन । उनी आफै पदका लागि यति तल गिर्दछन कि यो यो डेढ बषर््ामा उनले दुई पटक सत्ता गठबन्धन फेरि सकेका छन गत वर्ष २०७९ पुस १० गते काग्रेस सहितको तत्कालीन चुनावी गठबन्धनलाई धोका दिएर प्रचण्ड एमालेको समर्थनमा प्रधानमन्त्री बनेका थिए । २०७९ को चुनावमा कांग्रेससँग तालमेल गरेको माओवादी अध्यक्ष प्रचण्डले सुरुमा सरकार बनाउँदा भने एमालेको समर्थन लिए । त्यतिबेला बालुवाटारबाट प्रधानमन्त्री शेरबहादुर देउवासँग खुमलटार जान्छु भनेर हिँडेका प्रचण्ड पदकै लागि चरम बिरोध गर्दे आएका एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेर ओलीकै बुई चढेर प्रधानमन्त्री बनेका थिए तर दूई मैनामै काग्रेससंग मिलेर प्रचण्डले सरकार बनाए । ।प्रचण्डको सरकार अहिले १५ औं महिनामा चलिरहेको छ। १५ महिनामै प्रचण्डले एमालेसँग पुन गठबन्धन गररे गत वर्ष पुस १० गतेको अवस्थामा फर्किएको छ। यही नयाँ गठबन्धमा एमालेलाई मनाउदै उनले आफ्ना भाईलाई राष्टिय सभाको अध्यक्ष बनाएका छन । प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ कै कारण अहिले दलहरु प्रति जनताको नकारात्मक धारण बढेको छ । भन्न त उनले बढो ठुलो काम गरेको जसरी आफू नमर्दासम्म देशमा उथलपुथल भइरहने बताउछन तर उनको पारीवारीक मोह र सत्ता मोहले पुरै ब्यवस्था प्रति नकरात्मक धारण पैदा गराएको छ ।



















