क्यानडाका लागि नवनियुक्त नेपाली राजदूत भरतराज पौडेलले पद तथा गोपनीयताको शपथ लिएका छन् । बुधबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट उनले शपथ ग्रहण गरेका हुन् ।
समारोहमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति थियो । राजदूत नियुक्त हुनुअघि पौडेल परराष्ट्र सचिव थिए । उनले यसअघि पाकिस्तानका लागि नेपाली राजदूतको जिम्मेवारी निर्वाह गरेका थिए ।





















